काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिकजसो बढेर नयाँ ‘रेकर्ड’ बनाइरहेको छ । बिहीबार सुन हालसम्मकै महँगो भएको छ ।
अघिल्लो दिन कायम मूल्यको ‘रेकर्ड ब्रेक’ गर्दै सुनको मूल्यले अर्को रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रूपैयाँ कायम भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा तीन सय रूपैयाँ बढी हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७०० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यता, बिहीबार चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार ९० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको यो मूल्य अघिल्लो दिनको तुलनामा ३० रूपैयाँ कम हो । बुधबार चाँदी प्रतितोला दुई हजार एक सय २० रूपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS