काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
उक्त सेयरमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ५० हजार ९०४।२५ कित्ता एफपीओ निष्कासन गरेको छ ।
एफपीओमा ११ लाख ७१ हजार ४६५ जना आवेदकले १ अर्ब ७७ करोड २३ लाख २२ हजार रुपैयाँको १ करोड ७७ लाख २३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् ।
यसमा न्यूनतम १० देखि १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
FACEBOOK COMMENTS