काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन् ।
प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएकाले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ ।
ओलीले अस्वस्थतापछि अत्यावश्यकबाहेक अरू भेटघाट गरेका छैनन् । उनले केही बेरअघि गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका जनाइएको छ ।
प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
FACEBOOK COMMENTS