काठमाडौं, २७ वैशाख- भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडक निर्माण गरेकोमा पूर्वराजा ज्ञानेन्द्र शाहके आक्रोश पोखेका छन् । तथापी देशको शासन हाक्ने प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु प्रमुख पार्टीका प्रमुख नेताहरु भने तै चुप मै चुप देखिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले भने नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोप्रति ट्विट मार्फत आफ्नो धारणा राख्दै भारत र नेपाल सरकारलाई लक्षित गरि विरोध जनाएका हुन । ‘आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व हुन्छ, पहिलेदेखि नै दुवै पक्षले टुंग्याउन बाँकी भनिएको अवस्थामा भारतले एक पक्षीय रुपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो, सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरुन्त कूटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’ उनले उल्लेख गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गर्वाधार लिपुलेक सडकको शुक्रबार मात्रै भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका थिए । अहिले त्यसको मुलुकभर विरोध भइरहेको छ ।
FACEBOOK COMMENTS