काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
अस्पतालमा उनको कलेजोसम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।
उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।
FACEBOOK COMMENTS