काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको लागि वीर अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार उनलाई अदालतको आदेश अनुसार नै उपचार गराउन वीर अस्पताल लगिएको हो । उनी क्यान्सरका बिरामी हुन् ।
साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिरहेको छ । अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
FACEBOOK COMMENTS