काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । सरकारले भन्सार दर घटाएपछि सुनको मूल्य तोलामै १५ हजार ९ सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रूपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६७ हजार २ सय रूपैयाँ थियो ।
सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो । सरकारले सुनको भन्सार दरलाई २० प्रतिशतबाट १० प्रतिशतमा झारेपछि त्यसको प्रभाव सोमबार नै परेको हो ।
भारतबाट सुन तस्करी भएर नआओस् भन्ने उद्देश्यले सरकारले सुनको भन्सार दर घटाएको हो । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेको भन्सार दर २० प्रतिशत पुर्याएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला एक सय १५ रूपैयाँले घटेको हो ।
FACEBOOK COMMENTS