काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनीले मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यसपटक सेयरधनीको हात खाली बनाएको छ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छ ।
साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ । सभामा कात्तिक २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी हुन पाउनेछन् । सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS