काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले लाभांश वितरणको लागि मंसिर १४ गते शुक्रबार बुक क्लोज गर्दैछ । आजसम्म कायम सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश हात पार्न सक्नेछन् ।
सपोर्ट लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.७७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा पुस ६ गते बस्दैछ । सभा, दुर्गा पार्टी प्यालेस, इटहरी९४, सुनसरीमा बिहान ११ बजे सरु हुनेछ ।
FACEBOOK COMMENTS