काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ ।
अघिल्लो दिन बुधबार प्रतितोला नौ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला तीन सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ कम हो ।
FACEBOOK COMMENTS