काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २ हजार ७४८.०५ विन्दुमा आइपुगेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०७ कम्पनीको १ करोड ६६ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एक्सल डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स,मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र न्यादी ग्रुप पावरको शेयर मूल्य २० करोड ३३ लाख रुपैयाँदेखि ३१ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन सामान्य घटेको बजारमा विशाल बजार कम्पनी,वेन नेपाल लघुवित्त वित्तीय संस्था,सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ भने पाँचथर पावर कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ८.११ प्रतिशतदेखि ८.३३ प्रतिशतले बढेको छ । यो दिन मानुषि लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै,अपर स्याङ्गे हाइड्रो पावर,कर्णाली डेभलपमेन्ट बैंक,सुपरमादी हाइड्रो पावर र गुराँश लघुवित्त वित्तीय संस्थाको ४.८८ प्रतिशतदेखि ८.६० प्रतिशतले घटेको छ । अघिल्लो दुई लगातार बढेको बजारलाई लिएर यो दिन लगानीकर्ताहरु बजार करेक्सन भएको बताएका छन् । बोर्डले नयाँ अध्यक्ष पाएपछि केही नीतिगत सुधारहरु अघि बढ्ने जनाइएको छ ।
FACEBOOK COMMENTS