काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमणमा विभिन्न क्षेत्रका ८७ जना सहभागी हुने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।
जसमा सरकारी ३९ जना र निजी तर्फका ४८ जनासहित ८७ सदस्य रहेका छन् । जसमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसदहरु अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, रञ्जिता श्रेष्ठ, लिलानाथ श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, बिजुला रायमाझी, रेखा शर्मा, सर्वेन्द्र नाथ शुक्ला रहेका छन् । यस्तै मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृत बहादुर राई (परराष्ट्र कामु सचिव) रहेका छन् ।
भ्रमणमा लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, कृष्ण प्रसाद ढकाल,मणिरत्न शर्मा, उदय पोखरेल, विष्णु प्रसाद गौतम, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, कमल रावल, ऋचा भट्टराई, जयश्री शाक्य र अनिता सिंह रहेका छन् ।
यस्तै निजी क्षेत्रका ४८ जना केही समययमा टुंगो लाग्ने बताईएको छ । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मंसिर १८ गते भेटवार्ता गर्नेछन् । भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्कने छ ।
FACEBOOK COMMENTS