काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ता संरक्षण ऐन व्यवसायीमैत्री हुने गरी आउनुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार भएको ‘बजार अनुगमन : दृष्टिकोण र धारणा’ कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले भने, ‘उपभोक्ता संरक्षण ऐन व्यवसायीमैत्री हुने गरी आउनुपर्छ, अहिले व्यवसायहरूको दर्ता असाध्य झन्झटिलो छ, स्थानीय तह, प्रदेश हुँदै केन्द्रसम्म दर्ता मात्र गरिराख्नु पर्छ, यो र राज्यले गरेको अन्याय होइन ?’
त्यस्तै, उनले जरिवाना राज्यको राजस्वको स्रोत हुन नसक्ने बताए । उनले भने, ‘मूल्य बढाए किन मूल्य बढाइस् भन्ने, एउटै मूल्य गरे काटलिङ गर्यो भन्ने ?’
उनले अहिले बजारमा सरकारले एक लाख रूपैयाँभन्दा बढी पर्ने घडीलाई समेत महँगो भयो भनेर अनुगमनका नाममा दुःख दिने गरेको र यो जायज हो वा होइन भनेर छुट्याउनुपर्ने बताए।
यसैगरी, वाणिज्य उपभोक्ता हित संरक्षण विभागमका निर्देशक डिकबहादुर कार्कीले उपभोक्ता अदालतको काम अन्तिम चरणमा पुगेको बताए ।
उनले भने, ‘चाडपर्वलगायतको समयमा विशेष फोर्सको आधारमा अनुगमनलाई चुस्त बनाइएको छ ।’
FACEBOOK COMMENTS