काठमाडौं, जेठ १- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि प्रकाशित गरेको सूचनामा संक्रमितको संख्या २४५ हुनु पर्नेमा अन्यथा भएकाले सच्याएको छ ।
यसअघि आफूले प्रकाशित गरेको सूचनामा ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको भन्दै मन्त्रालयले सुधार गरेको हो।

यसअघि मन्त्रालयले जारी गरेको सूचना अनुसार संक्रमितको संख्या २५० पुगेको उल्लेख थियो। पछिल्लो सूचना अनुसार संक्रमितको संख्या २४५ मात्रै रहेको उल्लेख छ।