काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेलले गर्ने भएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो ।
लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । एनसेलका सीईओ काइमोभले लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस गरेको बताए । उनले टीमलाई सफलताको शुभकामना समेत दिए ।
टोलीका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेल, अध्यक्ष जिसी, काइमोभलगायत खेलाडीको उपस्थितिमा लुम्बिनी लायन्सले जर्सी सार्वजनिकसमेत गरेका थिए ।एनलेस एनपीएलको पावर्ड बाई पार्टनरको रूपमा पनि रहेको छ ।
FACEBOOK COMMENTS