काठमाडौं । प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतिक्षित कन्सर्टमा मुख्य प्रायोजकका रुपमा हिस्सा लिने भएको छ ।
पुस १० गते हुन लागेको ‘सोनु निगमलाइभइन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।
हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन आज एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राजगोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभइन नेपालको मुख्य प्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेगेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।
त्यसैगरी नेपाली टचइभेन्ट्सका राजगोस्वानीले दिपलसँगको यो पार्टनरशिप प्रिमियमब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए ।
बलिउडको सबैभन्दाबढी सुनिएका चर्चित गायक निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीत संगीतबाट भरपुर मजादिने अपेक्षा दिपलले गरेको छ ।
FACEBOOK COMMENTS