काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘१२:१२ एक्सचेन्ज क्याम्प’ आयोजना गर्न लागेको छ ।
सिप्रदी ट्रेडिङका अनुसार भोलि (बिहीबार) बाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रूचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पन्च ईभीलगायतका गाडीहरू साट्न सकिने छ ।
यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिख टाटा मोटर्सका देशभर रहेका शोरूमहरूमा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो ईभी र पन्च ईभीमा आकर्षक डिलहरू पाउन सक्नेछन् ।
यसका साथै, १२:१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आईफोन १६ प्रो प्राप्त गर्नेछन् ।
कार्यक्रमका अवसरमा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन सकिने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS