काठमाडौं । नेपाल बैंकर्स संघमा सन्तोष कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको भएको छ । संघको ३८ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
बैकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध निर्वाचित भए । कोइराला यस अघि संघको उपाध्यक्ष थिए।
संघको उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको कार्यसमितिका तीन जना सदस्यहरुमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, कुमारी बैंकका सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भए ।
संघको कार्यकारिणी समितिका सदस्यमा प्रभु बैंकका सीईओ अशोक शेरचन, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सीईओ सञ्जिब मानन्धर र सिद्धार्थ बैंकका सीईओ सुन्दर प्रसाद कँडेल चयन भएका छन् ।
FACEBOOK COMMENTS