काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेपरिसूचक ३१.४३ अंकले घटेर २ हजार ५९६.८२ विन्दुमा पुगेको छ । नेप्से सूचक मनोवैज्ञानिक तहबाट एक विन्दु तल झरेर २५ सयको विन्दुमा आइपुगेको हो । यो विन्दु गत असोज १६ बुधबार कायम थियो । त्यसयता उत्तारचढाब आइरहेको बजारले यो दिन पुन घट्दा लगानीकर्ता निराश बनेका छन् ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१० कम्पनीको ९८ लाख ३२ हजार कित्ता शेयर बिनबेचहुँदा ४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा जानकी फाइनान्स रहेको छ भने दोस्रो ठुलो कारोबार कर्णाली डेभलपमेन्ट र्बैंकको भएको छ । त्यस्तै, नेपाल फाइनान्स, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, जोशी हाइड्रो पावर कम्पनीको ७ करोड ७२ लाखरुपैयाँदेखि १० करोड भन्दा बढीको कारोबार भएको छ ।
उच्च अंकले घटेको बजारमा पनि सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था, भुगोल इनर्जी डेभलपमेन्ट, मेन्छ्याम् हाइड्रो पावर र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ४.३९ प्रतिशतदेखि ७.९६ प्रतिशतले बढेको छ ।
उच्च अंकले घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंक, मायाखोला हाइड्रोपावर, मानुषि लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको ४.६० देखि ९.२१ प्रतिशतसम्मले घटेको छ ।
FACEBOOK COMMENTS