काठमाडौं । हिमालयन बैंकले ३२औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गतेका लागि सभा बोलाएको छ ।
सभा काठमाडौं भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा हुनेछ । यो पटक बैंकले सेयरधनीको हात खाली बनाएको छ । सेयरधनीको हात खाली बनाएको बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ ।
बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ प्रिमियममा जारी गर्ने प्रस्ताव गरेको छ । एफपीओ निष्कासनपछि जारी र चुक्ता पूँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विषय पनि सभामा पेस हुनेछ।
सभामा बैंकको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको चयन गर्ने, र विभिन्न खर्च अनुमोदनका प्रस्ताव रहेका छन् ।
बैंकले सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनी सभामा सहभागी हुन सक्नेछन् ।
FACEBOOK COMMENTS