काठमाडौं । वर्णबास म्युजियम होटलले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।
होटलले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासको प्रस्ताव रहेको छ ।
सभाले कम्पनीको पुँजी सेयर संरचनाअनुसार आईपीओ जारी गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।
गत आवको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटार, काठमाडौंमा बिहान ९ बजेदेखि हुनेछ ।
FACEBOOK COMMENTS