काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रदेश सभाका पूर्व सदस्य मीना गुरुङसहित दुई जना पक्राउ परेका छन् ।
सहकारीको पूर्वउपाध्यक्ष समेत रहेकी गुरुङलाई आज कास्कीको पोखरा १२ रानीपौवाबाट निजी निवासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दर्ता गरेको मुद्दामा उनको पनि नाम रहेको छ । उनी हाल प्रहरीको फरारको सूचीमा थिइन् ।
FACEBOOK COMMENTS