काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले लघुवित्तले तोकेको लाभांश पाउनुका साथै आगामी साधारणसभामा भाग लिन पाउनेछन् ।
कालिका लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल टाक्स इन्टरनेसनलको सभाहल पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले लाभांश पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS