काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराबाट आफ्नो हवाई उडान रद्द गरेर स्थलमार्ग हुँदै काठमाडौं आउँदैछन् ।
पार्टीका एक नेताका अनुसार लामिछाने दिउँसो २ बजे तय भएको फ्लाइट क्यान्सिल गरेर स्थलमार्ग हुँदै आफ्नै गाडीमा काठमाडौं हिँडिसकेका छन् ।
हवाईमार्गबाटै आउने तयारी भए पनि नेता-कार्यकर्ताको ठूलो समूह भएकाले उनी स्थलमार्गबाट काठमाडौं आउने निर्णयमा पुगेको बुझिएको छ ।
लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने तयारीमा छन् । उनी कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका थिए ।
अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासतमुक्त भएका हुन् ।
कास्कीमा उनीविरूद्ध सूर्यदर्शन सहकारीको बचत रकम अपलचन मुद्दामा अनुसन्धान भएको हो ।
FACEBOOK COMMENTS