काठमाडौैं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रूपैयाँ थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँ रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला १५ रूपैयाँले बढेर एक हजार आठ सय ७५ रूपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS