काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दोस्रो दिनको थुनछेक बहस आज पनि सकिएन । सरकारी वकिल र लामिछानेको तर्फका वकिलहरुको बसह नसकिएको हुँदा आइतबारलाई सरेको हो । न्यायधीश प्रह्लादकुमार योगीको इजलासमा उनको बहस चलिरहेको छ । बयान नसकिएपछि उनलाई आज पनि परिवार वकिलको जिम्मामा छाडिएको छ ।
रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गरेका थिए । रुपन्देहीको सुप्रिम बचत तथा सरकारी रकम अपचलन मुद्दामा उनी गत विहिबार बुधबार हाजिर भएका थिए ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको तर्फबाट बहसमा उत्रिएका वकिलहरूले सहकारीका निक्षेपकर्ताको बचत सुरक्षण गर्ने जिम्मा रास्वपा सभापति रवि लामिछानेको नभएको जिकिर गरेका थिए ।
FACEBOOK COMMENTS