काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच आईभीएफ उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
गरिमा विकास बैंकका तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभीएफका तर्फबाट डिजिटल तथा मिडिया म्यानेजर नवीन विष्टले उक्त छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
पछिल्लो समयमा मानवीय जीवनशैलीमा आएको परिवर्तन, तनाव, खानपिन एवं बढ्दो उमेरले युवा पुस्ताहरूमा वृद्धि हुँदै गइरहेको निःसन्तानपनको उपचारका लागि नेपालमा लामो समयदेखि ख्यातिप्राप्त वात्सल्य नेचुरल आईभीएफसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरिएको हो ।
सम्झौतापश्चात यस विकास बैंकका सम्पूर्ण ग्राहकहरूले वात्सल्य नेचुरल आईभीएफमा निःसन्तानसम्बन्धी उपचारको प्याकेजमा एकमुष्ट रु १० हजार रूपैयाँ, प्याथोलोजी परीक्षणमा १०% र औषधिमा ५% छुट प्राप्त गर्नेछन् । विकास बैंकका खातावाल ग्राहक, डेबिट तथा क्रेडिट कार्डहोल्डरहरूले वात्सल्य नेचुरल आईभीएफका सम्पूर्ण आउटलेटहरूबाट उक्त छुट प्राप्त गर्नछन् ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटीएमबाट नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS