काठमाडौं । आज माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले विभिन्न कार्यक्रम गर्दै निकैै हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । यो पर्व तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिएको छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने प्रचलन छ ।
मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङ, ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार यो पर्व मनाउने गरेका छन् ।
यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ ।
FACEBOOK COMMENTS