काठमाडौं । आशिका तामाङलाई धरौटीमा छाड्न भक्तपुर जिल्ला अदालतलेआदेश दिएको छ ।
शुक्रबार तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले यस्तो आदेश दिएका हुन् । उनीमाथि आपराधिक उपद्रवको कसुरमा मुद्दा दायर भएको थियो ।
उनी यसअघि काठमाडौं जिल्ला अदालतलबाट उनी १० हजार धरौटीमा रिहा भएकी थिइन् । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा माघ २ गते उनी पक्राउ परेकी थिइन् ।
FACEBOOK COMMENTS