काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले घटेर एक लाख ६८ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।
अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो ।
यता, आज चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन बिहीबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ रहेको चाँदीको मूल्य आज पाँच रूपैयाँले बढेर एक हजार नौ सय ८५ रूपैयाँ कायम भएको हो ।
FACEBOOK COMMENTS