काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ३६ विन्दुले घटेको छ । यससँगै सूचक २६८४ दशमलव ९५ अंकमा आएको छ ।
यस अवधिमा १ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६७ कम्पनीको १८ हजार ५६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २८ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय १६ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS