काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS