काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले फागुन १५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS