काठमाडाैँ । साताको अन्तिम दिन विहिबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २ हजार६७८.४७ विन्दुमा बन्द भएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०२ कम्पनीको १ करोड ५८ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्टको ३४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुनेकम्पनीमा सिइडीबी होल्डिङ लिमिटेड, राधि विद्युत कम्पनी, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्सको १९ करोड रुपैयाँदेखि २६ करोड रुपैयाँसम्मको कारोबार भएको छ । सर्वाधिक घट्ने कम्पनीमा न्यादी हाइड्रो पावर, सामुदायिक लघुवित्त वित्तीय संस्था,रिभरफल्स पावर, एनएलजी इन्स्योरेन्स कम्पनी र रसुवागढी हाइड्रो पावर कम्पनीको ३.३७ प्रतिशतदेखि १० प्रतिशतले घटेर नकारात्मक सर्किट समेत लागेको छ ।
घटेको बजारमा सर्वाधिक बढ्ने कम्पनीमा मात्रिभूमि लघुवित्त वित्तीय संस्था, कुमारी सबल योजना,गाड्रेन माइक्रो लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेर नकारात्मक सर्किट लागेको छ । बाहरी हाइड्रो पावर पब्लिक लिमिटेडको ६.७७ प्रतिशतदेखिले बढेकोछ।
पछिल्लो समय बजारमा तिब्र उतारचढाब आइरहेको छ । यसले लगानीकर्ताहरु पर्ख रहेरको अबस्थामा देखिएका छन् । मौद्रिक नीतिको समिक्षाले बजारलाई नयाँ आयाम दिने भन्दै लगानीकर्ता नियामक निकाय धाइरहेका छन् र नीतिगत सुधारका पहल थालेका छन् ।
FACEBOOK COMMENTS