काठमाडौं । काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीहरूले फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेका छन् । कामपामा वडा नं २२ नयाँ सडकमा रहेको हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आयआर्जन गर्न थालेका छन् ।
सामुदायिक विद्यालयमा कामपाले कार्यान्वयन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र बालबालिका (वाबा) उपसमूहका विद्यार्थीहरू विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए । विद्यालयमा सफाइ गर्दा सङ्कलन भएको कागज, कडा प्लाष्टिक, रबर, खाना प्याकिङ गर्ने खोल, सुक्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन् । सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई दुईवटा बाल्टिनमा राख्ने गरिएको उनले बताए ।
यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा चार खण्ड छन् । बीचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा आठ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई सङ्कलन गरेर व्यावसायिक रूपमा बिक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।
उपप्रमुख डङ्गोलले विद्यार्थीहरूको फोहर बिक्री गर्ने अभ्यास अवलोकन गर्नुभयो । यसक्रममा उहाँले विद्यार्थीलाई फोहर कहाँबाट प्राप्त गर्नुहुन्छ रु प्राप्त भएको फोहर कसरी वर्गीकरण गर्नुहुन्छ ? सरसफाइ र फोहर वर्गीकरण गर्दा व्यक्तिगत सुरक्षाका लागि के–के गर्नुहुन्छ रु जस्ता प्रश्न सोधेर व्यावहारिक ज्ञानका बारेमा जानकारी लिएका थियो । उपप्रमुखले अबको योजना के छ रु भनेर सोध्नुभएको प्रश्नमा विद्यार्थीले फोहर बेचेर प्राप्त भएको रकम विद्यालयको सरसफाइ र स्वच्छताका लागि प्रयोग गर्ने योजना रहेको सुनाए ।
उपलब्ध ठाउँमा विद्यार्थीहरूले गरेको प्रयासको प्रशंसा गर्दै उपप्रमुख डङ्गोलले थालिएको कामलाई निरन्तर सञ्चालन गर्न प्रोत्साहन गरे । “यो प्रयास सिकाइयोग्य छ”, उनले भने, “विद्यालयमा सिकेको कुरा घरमा प्रयोग गर्नु, यो सिकाइ आमाबाबालाई सुनाउनु है ।” बाल उमेरमा सिकेको ज्ञानले जीवनभर काम दिन्छ । बालबालिकालाई वातावरणीय सुधारका लागि व्यक्तिको दायित्वबोध गराउन बाबा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यसको दिगोपनाका लागि बुक फ्री फ्राइडेसँग जोडिएको बताए ।
कार्यक्रमका साझेदारका तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नवीनविकास महर्जनले फोहर व्यवस्थापन अभ्यास प्रयोगमा आउन थालेपछि आकाशे पानी पुनःभरणको कार्यक्रम कार्यान्वयन गरिने बताए ।
FACEBOOK COMMENTS