काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS