काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउनेन् । कम्पनीले फागुन ११ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।
बुधबारसम्म १५ लाख ७२ हजार ५८८ जना आवेदकले २ अर्ब ४ करोड १ लाख ९२ हजार कित्ताका लागि आवेदन दिएका छन् । अहिलेसम्म मागभन्दा ११.०५ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS