एजेन्सी । बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ ।
प्लान्टले न्यु क्लास (नयाँ पुस्ता) ईभी मोडलहरूको उत्पादनको तयारीलाई पनि अघि बढाइरहेको छ, जसको उत्पादन सन् २०२६ को गर्मीमा सुरु हुने तालिका छ ।
बीएमडब्लु समूहले सन् २०३० सम्ममा ईभीको विश्वव्यापी मागमा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ । हाल, म्युनिख प्लान्टले न्यु क्लास ईभी मोडेलहरूको सहज उत्पादन सुनिश्चित गर्न तीन नयाँ उत्पादन हलहरू निर्माण गरिरहेको छ ।
“उत्पादन प्रक्रिया र सटीक स्वचालन कन्फिगरेसनहरू अनुकूलन गरेर म्युनिख प्लान्टले उत्पादन लागतहरू घटाउने र समग्र उत्पादन दक्षता सुधार गर्नेछ,” म्युनिख प्लान्टका प्रमुख पिटर वेबरले बताए ।
FACEBOOK COMMENTS