काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४४ हजार १ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ४२ रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS