जनकपुर । मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मधेश भवनको आवासमा मृत अवस्थामा भेटिएका छन् । आज बिहान ७ बजे उनको ओछ्यानमा शव फेला परेको हो ।
धनुषा जिल्ला प्रहरीका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले दिएको जानकारीअनुसार यादवको नजिकै बान्ता गरेको भेटिएको छ । यद्यपि, उनको मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ ।
FACEBOOK COMMENTS