काठमाडौं । अवैधानिक रुपमा अमेरिकामा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।
ट्रम्पको नीति अनुसार आधिकारिक कागजातविनै अमेरिकामा बसेका आठ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर हो ।
ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो ।
अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३५ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।
FACEBOOK COMMENTS