काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो ।
बहाल रहेका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले समिति बनाउने निर्णय गरेको छ ।
गभर्नर अधिकारीको कार्यकाल चैत २४ गते सकिँदैछ ।
FACEBOOK COMMENTS