काठमाडौँ । चिनियाँ सवारी साधन निर्माता कम्पनी एमजीले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘एमजीएस५’ नेपाली बजारमा ल्याएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिहीबार एक विशेष समारोहबीच गाडी सार्वजनिक गरेको हो ।
एमजीएस५ तीन भेरियन्टमा उपलब्ध छ । पहिलो मोडेलमा ४९ किलोवाट-आवरको ब्याट्री छ, जसले ३४० किलोमिटर रेन्ज दिन्छ । यसको न्यूनतम मूल्य ४३ लाख ९९ हजार र अधिकतम मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
दोस्रो भेरियन्टमा ६२ किलोवाट-आवरको ब्याट्री जडान गरिएको छ, जसले ४३० किलोमिटर रेन्ज प्रदान गर्छ। । यसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
दुबै भेरियन्टमा ९९ किलोवाटको मोटर जडान गरिएको छ । गाडीमा रियर ह्वील ड्राइभ (पछाडिका चक्कामा शक्ति जाने) सिस्टम रहेको छ । साथै, इन्डिपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ, जसले यात्रालाई अझै सहज बनाउने कम्पनीको दाबी छ ।
एमजी एस ५ पूर्ण रूपमा इलेक्ट्रिक भेहिकल (ईभी) प्लेटफर्ममा बनेको छ । गाडीमा आई-स्मार्ट एपहरू जस्तैः च्याटजीपीटी, स्पोटिफाइ, युट्युब र टिकटक पनि उपलब्ध छन् ।
गाडीको स्क्रिनमा अनलाइन ब्राउजिङ गर्न सकिन्छ । यसका लागि सिमकार्डको आवश्यकता पर्दैन, किनभने कम्पनीले ५०० एमबी डेटा प्याकसहित ३ वर्षको प्याकेज उपलब्ध गराएको छ ।
ब्याट्री सेललाई होराइजेन्टल रूपमा राखिएको छ, जसले ब्याट्रीको मोटाइ कम गर्दै इन्टेरियरमा बढी ठाउँ प्रदान गर्छ । साथै, १८० एमएम ग्राउन्ड क्लियरेन्स भएकाले यो गाडी नेपाली सडकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।
FACEBOOK COMMENTS