काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् । कम्पनीले साधारण सभाका लागि फागुन २६ गते बुक क्लोज गरेको छ ।
सानिमा रिलायन्स लाइफले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्दैछ । बोनस सेयरको लागि कर भने आफै तिर्न पर्ने कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
FACEBOOK COMMENTS