काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
अघिल्लो दिन (शुक्रबार) प्रतितोला पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ ।
आज चाँदी प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ कम हो ।
FACEBOOK COMMENTS