काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणाले महिला सशक्तिकरणमा वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठको भूमिका महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य समेत रहेकी सौन्दयर्यविद् तथा व्यवसायी श्रेष्ठद्वारा लिखित आत्मकथा ‘सौन्दर्य–क्रान्ति’को विमोचन समारोहलाई सम्बोधन गर्दै उनले महिला उद्यमशीलता तथा महिला सशक्तिकरणका लागि श्रेष्ठको ठूलो योगदान रहेको बताएकी हुन् ।
‘उहाँ अहिले पनि महासंघमा रहेर महिलाहरूको उद्यमशीलताका लागि गाउँगाउँमा पुगिरहनुभएको छ । काठमाडौंमा बसेर काम गर्ने महिला गाउँ जान नमान्ने परिस्थितिकाबीच उहाँ विभिन्न चुनौती चिर्दै गाउँ–गाउँ जाने गर्नुभएको छ,’ राणाले भनिन्, ‘उहाँको यो कदमले ग्रामीण भेगमा बसोबास गर्नुहुने महिलाहरूमा समेत बलियो आत्मविश्वास पैदा गराएको छ ।’
कमला श्रेष्ठ नेपालकी एक उदाहरणीय र सशक्त महिला भएको चर्चा गर्दै पूर्वध्यक्ष राणाले भनिन्, ‘उहाँ नेपालको इतिहासमै उदाहरणीय काम गर्ने महिला हुनुहुन्छ । उहाँको पुस्तकले आम महिलाहरूको चुनौतीलाई प्रेरणाको स्रोतको रुपमा काम गरोस् । धेरै धेरै शुभकामना ।’
हेर्नुहोस् भिडिओ–
कार्यक्रममा महासंघ उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योस्ना श्रेष्ठ र महासंघका पूर्व उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले उनको पुस्तक नयाँ केही गर्नेहरूका लागि प्रेरणाको स्रोत भएको चर्चा गरे । यस्तै, पद्मकन्या विद्याश्रमकी प्राचार्य रीता तिवारीले कमला श्रेष्ठसँगको सहकार्यबाट विद्यालयमा सौन्दर्य कला विषय अध्यापन भइरहेको जानकारी दिइन् ।
पुस्तककी लेखिका कमला श्रेष्ठले यो पुस्तकबाट उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेका लागि पनि मार्गशर्दन गर्ने अपेक्षा राखेको बताइन् । उनले यो आफ्नो आत्मकथा भन्दा पनि उद्यमशीलताको कथा भएको बताएकी छिन् ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा महिला उद्यम समितिकी सभापति समेत रहेकी सौन्दर्यविद् श्रेष्ठका आत्मकथामा ६ वटा खण्ड र ६५ वटा विभिन्न शीर्षकमा लेखहरू समावेश रहेको लेखन कुञ्जका सञ्चालक कमल ढकालले जानकारी दिए ।
यो पनि पढ्नुहोस्–
अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने उदाहरण कमला श्रेष्ठ हुन् : चन्द्र ढकाल
FACEBOOK COMMENTS