काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ ।
यसको लन्च समारोह शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा सम्पन्न भएको थियो ।
शाओमी १५ अल्ट्राको लन्च १५,००० भन्दा बढी दर्शकहरूको माझ सम्पन्न गरिएकाे थियाे । चर्चित गायक सुशान्त केसीको प्रत्यक्ष प्रस्तुतिले माहोललाई रोमाञ्चक बनाएको थियो भने याना शर्माद्वारा गरिएको शाओमी १५ अल्ट्राको अनावरणले कार्यक्रमलाई झनै विशेष बनाएको थियो । सञ्जय गुप्ताको होस्टमा सञ्चालन भएको उक्त कार्यक्रमका मुख्य क्षणहरू लाइका क्यामेरा प्रविधि सहितको शाओमी १५ अल्ट्राबाट खिचिएको थियो ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वी यसबारे बोल्दै भने, हामी शाओमी १५ अल्ट्रा नेपालमा प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । यो फ्ल्यागशिप स्मार्टफोनले फोटोग्राफीको परिभाषा बदल्नेछ र प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ । शाओमी हाइपरओएस र लाइका अप्टिक्सको पावरले शाओमी १५ अल्ट्राले मोबाइल इमेजिङ र प्रदर्शनको नयाँ मापदण्ड स्थापना गर्नेछ ।
लाइका टेक्नोलोजीको साथमा अप्टिकल डिजाइन
शाओमी १५ अल्ट्रा लाइका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाइका १–इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ जसले हरेक क्षणलाई स्पष्ट र जीवन्त बनाउँछ ।
अतुलनीय प्रदर्शन र नवीनता
स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रोसेस टेक्नोलोजी रहेको यस स्मार्टफोनले प्रदर्शन र ऊर्जा दक्षता बढाउँछ । शाओमी हाइपरओएसले एआई–सम्पन्न इकोसिस्टम निर्माण गर्दै प्रयोगकर्ताको अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।
उत्कृष्ट डिस्प्ले र मजबुत सुरक्षा
शाओमी १५ अल्ट्रामा शाओमी शिल्ड ग्लास २।० प्रयोग गरिएको छ जसले यस स्मार्टफोनको स्थायित्व र ड्रप–रेजिस्ट्यान्स प्रदान गर्छ । ६।७३–इन्च डब्ल्यूक्यूएचडीं एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १–१२० हर्ट्ज अडाप्टिभ रिफ्रेस रेटले प्रयोगकर्तालाई इमर्सिभ भिउइङ प्रदान गर्छ ।
लाइट, स्पिड र डिस्ट्यान्सलाई नियन्त्रणमा राख्ने प्रविधि
लाइका सुमिलक्स लेन्सको माध्यमबाट उत्कृष्ट नाइट सट्स क्याप्चर गर्न सकिन्छ भने लाइका २०० मेगापिक्सेल अल्ट्रा टेलिफोटो लेन्सले टाढाका तस्विरहरू पनि उत्कृष्ट रूपमा खिच्न सकिन्छ । यस डिभाइसले ८के भिडियो रेकर्डिङ, लाइका फोटोग्राफिक स्टाइलहरू र शाओमी प्रोफोकस पनि सपोर्ट गर्छ जसले यो स्मार्टफोनलाई प्रोफेसनल–ग्रेड मोबाइल फोटोग्राफी र भिडियो मेकिंगको लागि उत्तम विकल्प बनाउँछ ।
परिष्कृत डिजाइन, उच्च स्थायित्व
शाओमी १५ अल्ट्राले शाओमी गार्डियन स्ट्रक्चर समावेश गर्दै परिष्कृत डिजाइन र मजबुत स्थायित्वलाई प्राथमिकता दिएको छ । ६ एम ४२ एल्युमिनियम फ्रेम, कर्निङ गोरिल्ला ग्लास ७ आई क्यामेरा डेको र टिकाउ ब्याक प्यानलले यस स्मार्टफोनलाई खस्दा वा घिस्रदा सुरक्षा प्रदान गर्छ । ¥यापअराउन्ड क्वाड–कर्भ फ्रेम र इन्टिग्रेटेड थ्रीडी क्यामेरा डेकोले यसको सौन्दर्यतालाई अझ आकर्षक बनाउँछ ।
सुरक्षा र एआई–प्रविधिको नयाँ स्तर
शाओमी हाइपरएआईले एआई राइटिङ, एआई स्पीच रिकग्निसन, एआई इन्टरप्रेटर र एआई क्रिएटिभिटी असिस्टेन्ट जस्ता सुविधाहरू प्रदान गर्छ । यसका साथै गुगल सर्कल टु सर्च र गुगल जेमिनी एआईलाई इन्टिग्रेट गर्दै प्रयोगकर्ताहरूलाई नयाँ सर्च क्यापाबिलिटीहरू प्रदान गर्दछ । अल्ट्रासोनिक इन–स्क्रिन फिङ्गरप्रिन्ट र एआई फेस अनलक जस्ता सुविधाले डिभाइसको सुरक्षालाई थप मजबुत बनाउँछ ।
शक्तिशाली ब्याट्री र हाइपरचार्ज प्रविधि
शाओमी १५ अल्ट्रामा ५४१० एमएएच शाओमी सर्ज ब्याट्री प्रयोग गरिएको छ जसलाई ९० वाट हाइपरचार्ज र ८० वाट वायरलेस हाइपरचार्जले चार्ज गर्न सकिन्छ जसले गर्दा यस स्मार्टफोनलाई छिटो चार्ज गर्न सकिन्छ ।
प्रि–बुकिङ अफर तथा मूल्य
शाओमी नेपालले फागुन २५ देखि चैत २ सम्म शाओमी १५ अल्ट्राको प्रि–बुकिङ खुला गरेको छ । उक्त प्रि–बुकिङमा ग्राहकहरूले रु। ९,९९९ मूल्य बराबरको शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क प्राप्त गर्नेछन् ।
शाओमी १५ अल्ट्रा स्मार्टफोन फोटोग्राफी र प्रदर्शनमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यका साथ निर्माण गरिएको छ । ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउन थप ६ महिनाको वारेन्टी, पहिलो ६ महिनासम्म एकपटकको निःशुल्क स्क्रिन रिप्लेसमेन्ट र २४ महिनासम्म निःशुल्क लेबर चार्ज प्रदान गरिनेछ ।
१६ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध शाओमी १५ अल्ट्राको सुरुवाती अफर मूल्य १,४९,९९९ ९वास्तविक मूल्य रु। १,६९,९९९० रहेको छ । यो स्मार्टफोन नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS