काठमाडौं । नेपालमा सबैभन्दा बढी रङ खपत हुने होली पर्वमा नै हो । होलीलाई रङहरुको पर्वको रुपमा लिइन्छ । यो पर्व हिमाली तथा पहाडी क्षेत्रमा आफन्त, साथीभाइ, इष्टमित्रसँथ रङ दलेर बिहीबार मनाइयो भने तराईमा आज शुक्रबार मनाइन्छ ।
यही होली लगायत पर्वका लागि भन्दै नेपालमा करोडौको रंग आयात हुने गरेको छ । भन्सार विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०८१र८२ को सात महिनामा भारत र चीनबाट १५ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको १३ लाख ३९ हजार ५३ किलो रङ आयात भएको छ ।
जसमा भारतबाट सबैभन्दा धेरै १५ करोड ८८ लाख ३ हजार रुपैयाँको १३ लाख ३८ हजार २ सय ९२ किलो रङ आयात भएको छ । नेपालमा भारतका साथै चीनबाट पनि रङ आयात भएको छ । विभागका अनुसार चीनबाट १ लाख ५७ हजार रुपैयाँको ७ सय ६१ किलो रङ आयात भएको छ ।
नेपालमा रङ भारत, चिनका साथै फ्रान्स, अस्ट्रेलिया, युनाइटेड अबर इमिरेट्स ९यूएई०, मेक्सिको, जर्मनी लगायत देशबाट आयात हुने गरेको छ । यसरी आयात हुने रंगमध्ये अधिकांश होलीमा खपत हुने गरेको छ । त्यसबाहेक दसैं, तिहार तथा अन्य चाडपर्वमा प्रयोग हुने गरेको छ ।
FACEBOOK COMMENTS