काठमाडौं । पूर्वराज्यमन्त्री समेत रहेका व्यवसायी उमेश श्रेष्ठलाई मातृशोक परेको छ ।
श्रेष्ठकी ८९ वर्षीया लीलादेवी श्रेष्ठको शुक्रबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनको आज अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
ललितपुरको हात्तीवनस्थित लिटिल एञ्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष तथा प्राइम कमर्सियल बैंकका पूर्वध्यक्ष समेत रहेका व्यवसायी श्रेष्ठ नेपाली कांग्रेसका कोषाध्यक्ष हुन् । उनी २०७८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका थिए ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रेष्ठकी आमाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्ति निकालेर स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका हुन् ।
FACEBOOK COMMENTS