काठमाडौं । टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ ।
स्कुटर राइडिंगको अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित जगदम्बा मोटर्स प्रा. लिले एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको हाे ।
नेपालमा पहिलो पटक १० पीएसभन्दा माथिको पावर भएको १२५ सीसी स्कुटरको रूपमा आएको एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक याे प्रविधिको उत्कृष्ट यो स्कुटर विशेष गरी स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको हो, जसमा डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन जस्ता सुविधाहरू समावेश छन्।
एनटर्क रेस एक्सपी ब्ल्याकमा स्ट्रीट मोड र रेस मोड गरी दुई राइडिङ मोड उपलब्ध छन्। स्ट्रीट मोडले सहरी क्षेत्रमा सहज र किफायती यात्रा सुनिश्चित गर्छ भने रेस मोडले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति केवल ८.३ सेकेन्डमा प्राप्त गरी अधिकतम ९८ किलोमिटर प्रतिघण्टाको स्पीड प्रदान गर्छ। कम्पनीले यो स्कुटरले नेपालको स्कुटर बजारमा नयाँ मानक स्थापित गर्ने दाबी गरेको छ।
यो स्कुटरले नेपालमा पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी भित्र्याएको छ। यस प्रविधिमार्फत २० भन्दा बढी भ्वाइस कमान्ड प्रयोग गरी स्मार्ट कनेक्ट एप सँग सहजै इन्टरेक्शन गर्न सकिन्छ। राइड मोड स्विच गर्न, नेभिगेसन चेक गर्न वा कल व्यवस्थापन गर्न, यो स्कुटरले राइडरलाई आफ्नो आवाज र औंलाको भरमा नियन्त्रण गर्ने सुविधा दिन्छ।
“यो केवल प्रदर्शनमा मात्र सीमित छैन, हेर्दै मन लोभ्याउने छ,” जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने। रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा र एयरोडायनामिक ग्राफिक्स ले यो स्कुटरलाई आकर्षक र आक्रामक बनाएको छ। “जहाँ गए पनि सबैको ध्यान खिच्न यो सक्षम छ,” गुप्ताले थपे।
एनटर्क रेस एक्सपी ब्ल्याकको लन्चसँगै जगदम्बा मोटर्सले नेपालको सडकमा नवीनता र आधुनिकता भित्र्याउने आफ्नो अभियानलाई निरन्तरता दिएको छ। “हामी सहरी गतिशीलताको परिभाषा बदल्न चाहन्छौं। यो स्कुटर केवल सवारी साधन होइन, एउटा स्टेटमेन्ट हो,” गुप्ताले भने।
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टीभीएसको एकमात्र आधिकारिक वितरक हो। देशभर १५० भन्दा बढी डिलर सञ्जाल, गुणस्तरीय उत्पादन, नवीन प्रविधि, बिक्रीपछिको सेवा र जगेडा पार्टपुर्जाको उपलब्धताले टीभीएसलाई नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्ड बनाएको छ।
एनटर्क रेस एक्सपी ब्ल्याक अब बजारमा उपलब्ध छ। “अँध्यारोलाई उछिन्ने यो शक्ति र रोमाञ्चकताको अनुभव गर्न तयार हुनुहोस्!” कम्पनीले आह्वान गरेको छ।
FACEBOOK COMMENTS